दमौली: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गरेका छन्।

कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गरे ।

उनले भने, “जनताले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।” नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version