काठमाडौँ : लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।

उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थमा सुधार नहुने भन्दै अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो र खुमलटारस्थित निवास लगिएको थियो ।

विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version