धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version