काठमाडौँ: दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ ।

स्थानीय जनताको आग्रह र काठमाडौँ नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए ।

स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए ।

कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version