काठमाडौं: दशैं बिदाको समेत बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टरबाट सेवाग्राहीलाई सेवा दिने जनाएका छन्।

बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् ।

अधिकांश बाणिज्य बैंकहरु दशैंको बिदामा समेत खुल्ने उसले जनाएको छ । प्राय: जसो बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने सूचना जारी गरेको छ।

त्यस्ता बैंकहरुमा सिद्धार्थ, बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक रहेका छन् । प्राय बैंकहरुले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version