काठमाडौँ: लामो प्रतीक्षा पछि शाहवंशावलीको विरासतका रूपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधारणले हेर्न पाउने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछन्।
उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् ।
सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिनेछन् ।
पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच हुने बताइएको छ ।
केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।
सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।
गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए।
