गुल्मी: गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version