काठमाडौँ: ग्रामीण क्षेत्रमा ७५ प्रतिशत र शहरी क्षेत्रमा ८५ प्रतिशत घरमा हातधुने स्थान रहेको एक सर्वेक्षणले देखाएको छ ।
साबुनपानीले हातधुने अभ्यास भने न्यून नै छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रतिवर्ष पाँच हजार बालबालिकाको झाडापखाला कारण अकालमा मृत्यु हुने गर्छ ।

साबुनपानीले हात धोएमा मात्र बालबालिकाको झाडापखालाबाट हुने मृत्युलाई आधा, निमोनिया हुने मृत्युलाई एक तिहाइ र सुत्केरीका समयमा हुने आमा तथा नवजात शिशुको एक चौथाइ मृत्युलाई जोगाउन सकिने सन्देशसहित ‘सफा हात, मेरो स्वास्थ्यको आधार’ भन्ने मूल नाराका साथ ११औँ विश्वहात धुने दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको थाहा भएको छ ।

विश्व हात धुने दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा खाना खानु, खुवाउनु, बनाउनु, खानेकुरा दिनुअघि राम्रोसित हात धुन आग्रह गरिएको छ । विभिन्न अध्ययनले कीटाणुबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपायका रुपमा साबुनपानीले हात धुनुलाई लिइन्छ ।साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version