काठमाडौं ः गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारमा फूलपाती सहितको डोली भित्राइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् ।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याइएको थियो ।
गोरखा दरबारको दशैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइएको छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ ।
Facebook Comments Box