काठमाडौं: यसैनी दशैंको समय पैसाको कारोबार बढी हुन्छ तर अहिले काठमाडौँमा नक्कली नोटको विगविगी पनि उत्तिकै हुन थालेको प्रहरीको भनाइ छ । यसको कारण हो राजधानीमा प्रहरीले नक्कली नोटको कारोबार गर्नेलाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई पक्राउ गरेसँगै राजधानीमा नक्कली नोटको कारोबार हुन थालेको खुलेको हो।

महानगरीय प्रहरी परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो ।

घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version