काठमाडौँ: निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुशन्धान गर्न नेपाल प्रहरीद्वारा गठित एआइजी धीरु बस्नेतको टोलिले तत्कालिन कंचनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्तीको सिफारीस गृहसमक्ष गरेको छ।
उनीहरुलाई कंचनपुरको भिमदत्तनगरपालिका-२ की १३ वर्षिया पन्तको बलात्कापछ्ही हत्या भएपछी अनुसन्धानमा लापरवाही गरेको आरोपमा बर्खास्तको सिफारीस गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयले उनीहरुलाई कारवाहीको सिफारीसको पत्र गृहमन्त्रालयमा पठाइसकिएको समेत स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार आजै आइतबार गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई बर्खास्तको निर्णय हुनेछ।
नेपाल प्रहरीको नियमावली अनुसार एसपी तहसम्मको कारवाही मन्त्रालयले गर्ने व्यवस्था रहेको छ।
गत साउन १० साथि रोशनी बमको घरमा गएकी निर्मला पन्तको साउन ११ गते मृत अवस्थामा उखुबारीमा शव भेटिएको थियो।
