काठमाडौँ: दुई दिनदेखि लगातार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ।
देशको मध्यभागमा सामान्य वर्षा तथा पूर्वी र पश्चिमी भागमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार आइतबार देशभर मौसम खुल्ने संभावना कम छ। ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version