काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गरिएको कारबाहीले मात्रै राज्यको दायित्व पूरा नहुने तर्क गरेका छन् ।

उनले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन सरकारसँग माग समेत गरेका छन्। उनले सो धारणा आफ्नो व्यक्तिगत ट्वीटमार्फत् ब्यक्त गरेका हुन्।
सरकारले गरेको कारवाही बिष्ट र भट्टलाई कम भएकाे र यसमा उनको असन्तुष्टि रहको समेत उल्लेख गरेका छन्।

जानीबुझी प्रमाण नष्ट गर्नु आपराधिक कर्म भएको भन्दै ‘त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ भन्ने प्रश्न उनले गरेका छन् ।

भट्टराईले निर्मला पन्त बलात्कार तथा हत्याबारे गरिएको छानबिनलाई बिरालो बाँधेर गरिएको श्राद्धको संज्ञा दिँदै केही प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् ।

‘बिरालो बाँधेर श्राद्ध गरे झैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?’, भट्टराईले ट्वीटमार्फत् प्रश्न गरेका छन्, ‘जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’

प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनीमार्फत् अपराधी पत्ता नलाग्नुबारे प्रश्न गर्दै भट्टराईले दबाव जारी राख्न सबैमा आग्रहसमेत गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version