काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको तीन महिनामा व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ४५ दशमलब ९२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपालबाट २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४३ दशमलब ५७ प्रतिशतले र निर्यात १६ दशमलब ०८ प्रतिशतले बृद्दि भएको छ ।

निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुने र डलरकोसंग नेपाली रुपैयाँ भारी मात्रामा कमजोर हुँदा समीक्षा अवधिमा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार ४१ दशमलब ५७ प्रतिशतले वृद्धि भई ३ खर्ब ९७ अर्ब ३३ करोड पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा ५२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा आवधिमा नेपालबाट भारतमा १३ अर्ब १६ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा २ खर्ब ३६ अर्ब बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा ५६ करोड रुपैयाँ बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा ५३ अर्ब ११ करोड बराबरको सामान आयात भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version