काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अल्पविकसित एवम् भूपरिवेष्टित देशलाई विकासका गतिविधि सञ्चालन तथा दिगो विकासका लक्ष्य हासिल गर्न अतिरिक्त स्रोत परिचालन अपरिहार्य भएको बताए छन् ।

‘अल्पविकसित भूपरिवेष्टित मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन’ विषयक बैठकलाई बिहीबार जेनेभामा सम्बोधन गर्दै मन्त्री यादवले अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुनसमेत नेपाललगायत अल्पविकसित एवम् भूपरिवेष्टित राष्ट्रलाई थप स्रोतसाधन आवश्यक पर्ने बताए ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले स्रोतको अभाव परिपूर्ति तथा आर्थिक रुपान्तरणको प्रक्रियालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न प्रत्यक्ष वैदेशिक लगानीको अहम् भूमिका हुने बताए ।

वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीति, संस्थागत एवम् पक्रियागत सुधारबारे जानकारी दिए । ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाल सरकारको दीर्घकालीन योजना भएको जानकारी दिँदै उहाँले गत आर्थिक वर्षदेखि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रवृत्ति देखापरेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version