काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताएका छन्।

आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उनले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने बताए ।

आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले भने, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी एक हप्ताभित्रमा सर्वाेच्च जान्छौँ ।”

उनले व्यावहारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने बताए ।

उनलेआफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न लागेको जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version