काठमाडौँ: काभ्रेमा पूर्व एआईजीसहितका प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा ३ च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको हो।

दुर्घटनामा नमोबुद्ध नगरपालिका १० बस्ने २५ वर्षीय जीवन पराजुली र सोही स्थानका ४४ वर्षीय विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा पूर्व एआइजी किरण गौतम, बहालवाला डिआइजी सुशील भण्डारी, सिताराम हुमागाईं र प्रदीप बोहरा गम्भीर घाइते बनेका छन्।

घाईतहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version