काठमाडौँ: अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ।

आक्रमणकारी ४६ वर्षीय रोबर्ट डी  बोवर्स रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको थियो । रिपोर्टहरुका अनुसार यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए ।

यसअघि स्थानीय प्रशासनले विलकिंग्स र शेडी इलाकामा एक शुटर सक्रिय रहेको भन्दै उक्त स्थानमा नजान सूचित गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version