काठमाडौं: अस्वस्थताका वावजुत पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार मन्त्रिपरिषद बैठक राखेका छन् ।
प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार उनको स्वास्थ्यमा केहि सुधार आएकोले आज अपरान्ह ३:३० बजे बैठक डाकिएको हो ।
उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको थियो।
सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ ।
रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहेका छन् ।
‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ,’ ओलीको सचिवालयले भनेको छ ।
यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिसकेको छैन ।
।
