काठमाडौँ: यस आर्थिक वर्ष हाल सम्मकै उच्च धन उत्पादन हुने अनुमान गरिएको छ । किसनका खेतमा धान काट्ने कार्य शुरु भएसंगै कृषि तथा पशुपंक्षी मन्त्रालयले यो वर्ष ५६ देखि ५८ लाख मेट्रिक टन धन उत्पादन हुने प्रक्षेपण गरेको हो ।

धान रोपाई भएको क्षेत्र वृद्धि, समयमै रोपाई, अनुकूल मौसम, सिँचाइ, प्रविधिको विस्तार, मल, बीउको राम्रो व्यवस्था भएकाले धान उत्पादन बढ्ने देखिएको मन्त्रालयका प्रबक्ता तेज बहादुर सुबेदीले बताए।

गत वर्षको तुलनामा यो वर्ष ७ देखि १० प्रतिशत बढी धन उत्पादन हुने अनुमान गरिएको बताउदै उनले भने ७ प्रतिशत मात्रै उत्पादन वृद्धि भएपनि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ ।

गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ४/५ लाख मेट्रिक टन धान बढी उत्पादन हुने अनुमान छ। गत वर्ष ५१ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष रोगकिराको प्रकोप नआएकाले र केहि स्थान बाहेक सबै ठाउँमा पर्याप्त वर्षा भएकोले धानको उत्पादन बढी हुने अनुमान गरेको उनले बताए ।

उनका अनुसार यो वर्ष १५ लाख ५२ हजार धान खेति हुने जमिन मध्ये १४ लाख ९० हेक्टर क्षेत्रफमा धान रोपाई भएको थियो । उनका अनुसार ५५ लक् मेट्रिक टनमात्रै धान उत्पादन भएपनि लगभग १ खर्ब ३७ अर्ब ५५ लाख रुपैयाँ बराबरको धान फल्छ ।

प्रति मेट्रिक टनको औसत मूल्य २५ हजार रुपैयाँ राख्दा पनि सोहि मूल्य बराबरको धान फल्ने उनले बताए । हालको प्रक्षेपण अनुसार धान उत्पादन भए देशको माग अनुसार पुग्ने उनको भनाइ छ ।

यधपी, पछिल्लो समय नेपालमा मिठो, मसिनो बास्नादार चामलको खोजी भएकाले त्यस्तो चामल भारत लगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।

५५ लाख मेट्रिक टन धानबाट लगभग ३८ लाख ५० हजार मेट्रिक टन चामल बन्ने प्रबक्ता सुबेदीले बताए ।

राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान दिने धानको उत्पादन बढ्दा सरकारले राखेको जीडीपीको लक्ष्य समेत पुरा हुने देखिन्छ ।जीडीपीमा कृषि २७ प्रतिशत योगदान रहेकोमा धानको मात्रै ७ प्रतिशत रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version