काठमाडौँ :नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री आज जारी गर्न लागेको हो ।
जम्मा ४ अर्ब रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
९१ दिने अवधिको ट्रेजरी बिल २०७५ माघ १५ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ कार्तिक १२ गते परिपक्व हुनेछ ।
Facebook Comments Box
