काठमाडौँ: साताको दोस्रो कारोवारको दिन सोमबार पनि शेयर बजार घट्नेक्रम रोकिएन । आज नेप्से परिसूचक १० दशमलब ५६ घटेर एक हजार २१६ दशमलब ९३ अंकमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब ११ अंकले घटेर २५८ दशमलब ८५ अंकमा कायम भएको छ ।

आजको कारोबारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ७५ दशमलब ६७ अंकले, होटल ४८ दशमलब ७६ अंकले र जीवन बीमा १७ दशमलब ०७ अंकले घटेको छ ।

त्यसैगरी, बाणिज्य बैक ८ दशमलब ६८ अंक, विकास बैंक ११ दशमलब ९६ अंक र जलबिधुत ११ दशमलब ०४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ५३२ कारोबारबाट २४ करोड ९१ लाख ९६ हजार २७० रुपैयाँ बराबरका ९ लाख ८७ हजार ३२१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version