काठमाडौं : व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो।
अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघ्यो। कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य भने अझै तय भएको छैन।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीमा कसैले अनुमति दिएको छैन। राम्रो कमाइ गरिरहेका अघिल्ला जहाजकै ‘सेक्टर’ यिनले खोसेका छन्। यसले गर्दा न्यारो बडीको कमाइ पनि घटेको छ। स्रोत भन्छ– ‘यही अवस्था रहिरह्यो भने एक वर्षमा निगम टाट पल्टिन सक्छ।’

निगम स्रोतका अनुसार भदौ मसान्तासम्म यसको बैंक मौज्दात २० करोड ६८ लाख रुपैयाँ मात्र छ। यो स्वदेश, विदेशका सबै बैंकमा भएको रकम जोडेर आएको हो। जब कि यसले वाडड बडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ तिर्नुपर्छ। यो मासिक करिब ३२ करोड ११ लाख हो। ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ पर्न आउँछ। सावाँको कुरै छैन !
यो समाचार अन्नपुर्ण पोस्टबाट लिएको हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version