काठमाडौं: विगत तीन दिनदेखि उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

छातिमा संक्रमण र श्वासप्रश्वासमा समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयु कक्षमा भर्ना गरिएको छ।

उनलाई कात्तिक १२ गते बिहान साढे चार बजेतिर अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त कुमार दासलगायतको टोली खटिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version