Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो । यो भारी वृद्धिसँगै बजारमा आज छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम रहेको थियो । सुनसँगै आज चाँदीको भाउमा पनि उच्च वृद्धि भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ । सरकारले सुनमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर…

Read More

काठमाडौं: आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ बजेट विनियोजन गरेका छन् । यसअघि विष्णु पौडेलले चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेका थिए । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगततर्फ ४ खर्ब ३१ खर्ब १० करोड बजेट विनियोजन…

Read More

काठमाडौं: सरकारले कर प्रणालीलाई थप सरल, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण नीतिगत सुधारहरू घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीका धितोपत्र बिक्रीमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने व्यवस्था गरेको जानकारी दिए । त्यसैगरी प्राकृतिक व्यक्तिको मृत्यु पश्चात हुने अस्वैच्छिक निःसर्ग तथा निकायमा स्वामित्व परिवर्तनका कारण नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन, २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था गरिएको छ । डिजिटल भुक्तानी प्रवद्र्धनका लागि उपभोक्ताले डिजिटल माध्यमबाट खरिद गर्दा बीजक जारी भएमा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गरिने सरकारको…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आराेहीहरूकाे सम्मानमा बुधबार यहाँ आयाेजित Everest Summiteers Breakfast with President Of Nepal कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सर्वद्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो । तथापि, विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले विद्युत उत्पादन तीव्र रूपमा बढिरहे पनि आन्तरिक खपत विस्तार हुन नसके देश आगामी दिनमा ऋणको जोखिममा पर्न सक्ने बताउनुभएको छ । विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले अब ऊर्जा क्षेत्रको मुख्य प्राथमिकता विद्युत खपत वृद्धि र प्रसारण पूर्वाधार विस्तार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादित विद्युत खेर जान नदिन तथा जनताको लगानी सुरक्षित गर्न सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत एक दर्जनभन्दा बढी रणनीतिक महत्वका प्रसारण लाइन निर्माणलाई तीव्रता दिने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको…

Read More

काठमाडौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ।अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रधानमन्त्रीको नेतृत्वमा नेपाल सरकार मुलुकमा सुशासन स्थापना गरेर विकासमा फड्को मार्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री डा. वाग्लेले जनताको जनमतको एक प्रमुख सन्देश पनि यही भएको बताउनुभयो ।‘अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो…

Read More

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसदका दुवै सदनको छुट्टा छुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गरे । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ: सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग सहकार्यात्मक सङ्घीय शासन प्रणालीमार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ । सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड निर्धारण तथा रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्नेछौँ भने…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले चालु आवको नौ महिनाको विवरण सार्वजनिक गरेको थियो । सो विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ…

Read More

काठमाडौँ: सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका हुन्। प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, सम्वत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित २०८२ भदौ २३ र २४ गते युवापुस्ताको ऐतिहासिक सहभागितामा…

Read More

काठमाडौँ:’ सरकारले आर्थिक विकास र डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने र आगामी दशकमा औसतमा वास्तविक आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउने नीति अबलम्बन गर्ने भनेको छ। त्यसका लागि विभिन्न क्षेत्रको सुधारका कार्यक्रम सार्वजनिक गरिएको छ। आगामी आर्थिक वर्षमा नयाँ चरणको आर्थिक सुधार शृंखलाअन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गर्ने कार्यक्रम सरकारले सार्वजनिक गरेको छ। सरकारले ‘सीमारहित अर्थतन्त्र’ र ‘तौलरहित व्यापार’लाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसाथ गर्ने भनेको छ। यसका लागि सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत्, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित…

Read More