Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा आरोहण गरेकी छन्। शेर्पाले सोमबार बिहान ८:५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए। प्रवक्ता थापाका अनुसार कुन्जाङ सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन्। शेर्पा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छिन्। उनले महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाकाविरुद्ध सन्देश दिन सगरमाथा आरोहण गरेको प्रवक्ता थापाले बताए। कुन्जाङलाई सफलतापूर्वक सगरमाथा आरोहण गरेकोमा प्रहरी महानिरीक्षक दीपक थापाले बधाई दिएका छन्।

Read More

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन…

Read More

रासस काठमाडौँ: स्तरोन्नतिको काम जारी रहेको काभ्रेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु भएको छ। धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ। सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो। धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए। हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ। खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ। पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि…

Read More

काठमाडौँ । पटक-पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौँपटक हेर्न नमिल्ने भएको थियो । पटक-पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत…

Read More

काठमाडौँ: काभ्रेको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको विषयमा संसद्‍मा ध्यानाकर्षण गराइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण ती मजदुरको ज्यान गएको बताए। नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा-१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार मृत्यु भएको थियो। ‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ।’ उनले थपे, ‘त्यसको सत्यतथ्यको छानबिन…

Read More

काठमाडौँ:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई प्रहरीले पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको छ। उक्त इजलासले के आदेश दिएको छ भन्ने खुलिसकेको छैन। केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै केसीको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। उक्त रिटमा सुनुवाइ भइसकेको छ। यद्यपि आदेश भने आइसकेको छैन। नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले सामाजिक सञ्जालमा अफवाह फैलाएकाले केसीलाई पक्राउ गरिएको बताए। उनले विद्युतीय कारोबार ऐन, २०६३ को…

Read More

काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन । भारतीय मिडियाहरुका अनुसार बंगलादेशबाट रेडिमेड गार्मेन्ट्सको आयात अनुमति कुनै पनि भूमि बन्दरगाहको माध्यमबाट दिइने छैन । अब न्वावा शेवा पोर्ट (जवाहरलाल नेहरु पोर्ट,…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् । निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने गौतमले बताए । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्र गतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ । संघ र प्रदेशमा गरेर ८ सरकार र…

Read More

काठमाडौँ: गएको शुक्रबार तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुन प्रतितोला एक लाख ८४ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेकाे छ। यसअघि गएको शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठसय रुपैयाँ थियो। गएको बिहीबार सुन तोलामा तीन हजार पाँचसय रुपैयाँ घटेको थियो। आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमै किनबेच भइरहेको समितिले जनाएको छ। यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो…

Read More