Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप
- सुध्रियो नेपालको वित्तीय समावेशीकरण सूचकांक, एक वर्षमा ०.४७ बाट बढेर ०.५३ पुग्यो
- सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ
- सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले घट्यो
- गृहमन्त्री अर्यालले कारागारमा भेटे टोप बहादुर, अहिराज र दिपक मनाङ्गे
- सम्भव परियोजनाहरु अघि बढाउन अर्थमन्त्री खनालद्वारा लगानी बोर्डलाई निर्देशन, हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत
- चुनावी अभियानमा राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसले गर्यो ५ बुँदे परिपत्र
- सुनको भाउ इतिहासकै उच्च, तोलाको ३ लाख ९ हजार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न आज गृह मन्त्रालयमा गृहमन्त्री ओम प्रकाश अर्याल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू तथा उच्च पदस्थ अधिकारीहरूबिच छलफल सम्पन्न भएको छ। सुधार गृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको समीक्षा गर्दै बैठकमा गृहमन्त्रीज्यूले मानव अधिकारको पूर्ण पालना हुनुपर्ने तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधार गृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीहरूलाई कडा निर्देशन दिनुभएको छ। समस्याको दिगो समाधानका…
काठमाडौँ: साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ३ लाख नाघेको छ । आज एकैदिन ९ हजार २०० रुपैयाँले बढेसँगै सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज एकैदिन चाँदी तोलामा ३२० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै महँगो हो । बिहीबार चाँदी…
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई पहिलो चरणको चुनावी सहयोग हस्तान्तरण गरेको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० वटाभन्दा बढी ‘डबल–क्याब’ पिकअप गाडी र अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । नेपाल सरकारले आसन्न निर्वाचनका लागि गरेको अनुरोध अनुसार भारतले उपलब्ध गराउन लागेको करिब ६५० वटा सवारीसाधन मध्ये यो पहिलो खेप हो । बाँकी गाडीहरू आगामी केही हप्ताभित्रै विभिन्न चरणमा नेपाल आइपुग्ने भारतीय दूतावासले जनाएको छ । सहयोग ग्रहण गर्दै गृहमन्त्री अर्यालले भारत सरकार र भारतीय…
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशन विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ ।
काठमाडौं । सेयरस बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३१.१२ अंकले बढेको थियो । सोमबार भने सार्वजनिक विदा थियो । मंगलबार नेप्सेमा कुल ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने नेप्सेमा ८ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज गुर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।…
काठमाडौँ: प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन भोलि मंगलबार हो। उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो। यसपटक आयोगले ‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा’ पनि अनिवार्य गरेको छ। यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ। उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन्। प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ। प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ।…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप उनले पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनी ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।
काठमाडौँ: नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको मुख्य आधार मानिएको धान बाली उत्पादनमा यस वर्ष गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो विवरण अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत छ भने कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धान बालीले मात्रै करिब १२ प्रतिशत हिस्सा ओगटेको छ । यही उच्च महत्त्वका कारण धान उत्पादन तथ्यांकलाई योजनाविद्, शोधकर्ता र आमनागरिकले निकै चासोसाथ हेर्ने गरेका छन् । चालु आव…
काठमान्डौं: नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघकोतर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो । आज सार्वजनिक गरिएको सुझावहरु राष्ट्रियस्तरका दलहरुसँग छलफल गरिनेछ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले २००७ सालदेखि २०८२ को जेनजी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तनले तीब्रता पाउन नसकेको बताउनुभयो । उहाँले दलहरुले घोषणापत्रमा आर्थिक एजेण्डाहरु ल्याएपनि सरकारमा हुँदा कार्यान्वयनले प्राथमिकता नपाएको बताउनुभयो । मुलुकको विकासका लागि राजनीतिक स्थिरतासँगै पहिलो आवश्यकता दरिलो अर्थ व्यवस्थालाई दिनुपर्नेमा परिसंघले जोड दिएको छ…
काठमाडौं: लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र (One Stop Service Center) सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ । लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन् । जसमा निम्नानुसारका मन्त्रालय, विभाग एवं निकायहरु रहेका छन् : • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय• भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय• वन तथा वातावरण मन्त्रालय• नेपाल राष्ट्र…