Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: एक पछि अर्को गर्दै ३३ किलो सुन तस्करी काण्ड र सनम हत्या छानबिन गर्न बनेको सरकारी समितिले बुधबार छ वटा बजेका सेकुवाका शाखा कार्यालयहरुमा संयुक्त रुपमा छापा मारको छ । छापा पछि पसलहरुमा सिल गरिएका छन् । इश्वोर राज पौडेल नेतृत्वको टोलीले यस काण्डमा मुछिएका प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । नक्साल, गैरीधारास्थित शाखामा समितिले छापा मारेको हो। गत चैतमा सुन तस्करीकाे अनुसन्धान समितिले काम थालेपछि भण्डारी हालसम्म फरार छन्। सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले जानकारी दिए। समितीले प्रतिवादी…

Read More

एजेन्सी: विश्वकप २०१८ सुरु हुन एक दिन अघि, सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता क्यानडा-मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पक्का भएको छ । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा) को बैठकबाट तीन मुलुकले प्रतियोगिता आयोजनाको बाजी जितेका हुन्। प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ। १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्। पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा…

Read More

काठमाडौं:जुम्लामा तारा एयरलाइन्सको विमान ठुलो दुर्र्घटनाबाट जोगिएको छ । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई अनिन्त्रित भएर तारको जालीमा ठोक्किदा विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ । विमानमा सबार चालक दलका सदस्य सहित १८ जना यात्रु सकुसल रहेको जनाईएको छ ।

Read More

काठमाडौं: तेत्तिस्किलो सुन प्रकरणमा जोडिएका एमके भन्ने मोहनकुमार अग्रवालको घरमा शुक्रबार सुन काण्डको छानबिन गर्न बनेको समितिले छापा मारी ३० लाख नगद दुई किलो चाँदी र १० तोला सुन बरमाग गरेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलिले आज छापा मारेको हो । अग्रवालको कालिकास्थानस्थित रहेको ताला लगाइराखेको घरमा छापा मारेको हो । समितिका एक सदस्यका अनुसार घरबाट सुन राख्न प्रयोग गरिएको सुनको बाकस र सुन बोक्न जाँदा प्रयोग गरिने छुट्टै रंगको तीन वटा ज्याकेट र बा १० छ २८२ नम्बरको अग्रवालको कारसमेत बरामद गरिएको छ । “हामीले घरबाट थुप्रै चेक्बुज र सुन कारोबार गर्न प्रयोग गरिएको…

Read More

बुटवल: गएरातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहिबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो । पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ । यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध…

Read More

बुटवल: सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन् । पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष…

Read More

दाङ: जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । बस सडकबाट तल खोलामा खसेको छ । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ हो । दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको जनाईएको छ । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको…

Read More

पथरी, मोरङ: अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । उनले भने , “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।” अर्थशास्त्री धमलाले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ । उनले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राखे । उनकै…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा बिहिबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने । बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५/०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई…

Read More

पर्सा : सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।

Read More