Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पहिलोक्लिक समाचारदाता काठमाडौँ: चार सय ४६ मेगावाटको माथिल्लो तामाकोशीको आयोजनाको सेयर प्रभावित वासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ । प्रभावितलाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोशी २५ प्रतिशत सेयर प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि छुट्याइएको छ । १० प्रतिशत प्रभावित क्षेत्रका वासिन्दा र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुने आयोजनाले जनाएको हो । दोलखा प्रभावित क्षेत्रका वासिन्दालाई एक करोड पांच लाख ९० हजार कित्ता सेयर जारी गरिनेछ भने यस्तै सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर जारी हुनेछन् । आयोजना प्रभावित क्षेत्रका लागि वासिन्दाले न्यूनतम ३० कित्ता…

Read More

रत्ननगर, चितवन: नारायणगढ–¬मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा आजदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् । उनका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताए । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।…

Read More

पहिलोक्लिक सम्वाददाता तनहुँ: पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा मंगलबार बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ममता र कमलको गण्डकी अस्पताल, नुनबहादुरको मणिपाल शिक्षण अस्पतालर मगरको मा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आँवुखैरेनीबाट डुम्रेतर्फ…

Read More

काठमाडौं: निकै संघर्षपुर्ण खेलमा गयराती भएको बिश्वकप फुटबल खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले गरेको भली प्रहारले गोलपोस्टको देब्रे कर्नर चुमेपछि अर्जेन्टिनाका समर्थकमाझ खुसीयाली छायो भने नाइजेरियाका समर्थक स्तब्ध बने । यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा…

Read More

प्रकाश सिलवाल काठमाडौँ: सरकारका कुनै मन्त्रालय/निकायको विनियोजित ‘शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस् वा खर्च घटाइयोस्’ भनी संसद्मा सांसदहरुले राख्ने प्रस्तावको अर्थ के हो ? धेरैलाई अवगत नहुन सक्छ । संसदीय व्यवस्था र अभ्यासमा लागू हुँदै आएको यो प्रक्रिया र शब्दावली हेर्दा सामान्य र अनौठोजस्तो देखिए पनि यस प्रस्तावसँग सरकारको अस्तित्वसमेत जोडिएको हुन्छ । प्रतिनिधिसभामा “विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालय÷निकायका लागि जारी विनियोजित रकममाथिको छलफलमा हरेक दिन खर्च कटौतीको प्रस्ताव आइरहेको छ । विपक्षी दल र सरकारमा सहभागी नभएका दलबाट यस्तो प्रस्ताव प्रस्तुत हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४३ को उपनियम (१) बमोजिम मन्त्रालय र निकायसम्बन्धी…

Read More

पहिलोक्लिक सम्बाददाता काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताएका हुन् । आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ उनले भने । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा…

Read More

काठमाडौँ: प्रहरीले यसअघि चर्को मूल्यमा पैसा ब्याजमा लगाउँदै ठगि धन्दामा सक्रिय रहँदै आएका ‘मिटरब्याजी’ महेश बहादुर सिंहसँग रहेको छ थान हात-हतियार प्रहरीले जफत गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सिंहले आफ्नो व्यक्तिगत सुरक्षा लागि भनेर राहेको हतियार ‘समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको’ सूचना प्राप्त भएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको हो । महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार सिंहको साथबाट प्रहरीले ‘बाह्र बोर सटगन’, ४ थान ‘बाईस बोर राईफल’ र एकथान ‘१२ बोर सटगन’ तथा १३६ राउण्ड गोली बरामद गरिएको हो । उनी मकवानपुरको हेटौंडा स्थायी घर भएर ललितपुरको भनिमण्डलमा स्थायी…

Read More

भीमदत्तनगर: घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । “बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या…

Read More

डडेल्धुरा: लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराए । लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । हिमालय वारपार…

Read More