Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १८ वर्ष नाघेका बालबिज्याइँकर्तालाई यथाशीघ्र नुवाकोट स्थानान्तरणको तयारी थाल्न गृहमन्त्रीको निर्देशन
- सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ९ हजारको वृद्धि
- चुनावका लागि भारतले नेपाललाई दियो ६१ वटा सवारी साधन, कुल ३८८ वटा दिनेछ सहायता
- कांग्रेस विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
- चुनावी सरगर्मीले नेप्सेमा ४२ अंकको सुधार, ११ अर्ब ८५ करोडको कारोबार
- भोलि उम्मेदवारी मनोनयन: यी हुन् उम्मेदवार बन्न चाहिने अनिवार्य कागजात
- सञ्चारमन्त्री खरेलले दिए राजीनामा
- ४ प्रतिशतले घट्यो धान उत्पादन, ५७ लाख ५ हजार १ सय २६ टन उत्पादन अनुमान
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बुधबारबाट दोलखाका स्थानीय बासिन्दाका लागि खुला भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओमा जिल्लाबाट बसाईसराई गरि गएकाले सेयर भर्न नपाउने भएका छन् । आयोजनाका कम्पनी सचिब राम सुन्दर श्रेष्ठका अनुसार जिल्लाबाट बसाईसराई गरि गएका मानिसले आयोजनाको साधारण सेयरमा सहभागी हुन पाउने व्यवस्था छ । यधपी अन्य जिल्लाबाट बसाईसराई भई दोलखा जिल्लामा २०६४ साल माघ १५ गते भित्र आएकाले भने आइपीओमा आबेदन दिन पाउने श्रेष्ठले बताए । हाल दोलखा जिल्लाका दुई लाख ८२ हजार बासिन्दाले आयोजनाको जारी साधारण सेयरमा लगानी गर्न पाउने छन् । माथिल्लो तामाकोशी आयोजनाका लागि जिल्लाका बासिन्दाले पाउने गरी एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक…
काठमाडौँ: नेपाली सेनाको भर्खरै निर्माण सम्पन्न भएको त्रिचन्द्र अस्पताल शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आउने भएको छ । नेपाली सेनाका सहप्रवक्ता महासेनानी बिजय थापाका अनुसार अस्पताल भोलि प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट औपचारिक उद्दघाटन हुनेछ। “हालका लागि अस्पताल आंशिक रुपमा मात्रै संचालनमा आउने छ जसमा पहिलो चरणमा बिरेन्द्र सैनिक अस्पतालमा अवस्थित ‘डेण्टल विभाग’ को स्थानान्तरण मात्रै हुन लागेको हो,” थापाले भने। सेनाका अनुसार अस्पताल पूर्ण रुपमा संचालनमा आउन भने अझै केहि समय लाग्नेछ। केहि समयअघि मात्रै सेनाले उक्त अस्पताल निर्माण गर्ने क्रममा उक्त भवनको माथिल्लो तल्ल व्यापारिक प्रयोजनका लागि भन्दै निजी कम्पनी दिन लागिएको बिषयमा विवाद भएको थियो । सो भवनको अस्पताल बाहेकका…
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७…
काठमाडौँ: फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । प्रदर्शनी शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न…
ढाका: बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ । अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् । आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् । “हामी न्याय चाहन्छौँ,” जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् । राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा…
काठमाडौं: छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन्। आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छाविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए । उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश…
काठमाडौँ: पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो । नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए…
काठमाडौं: दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठम यो समाचार छापिएको छ । एक उच्च स्रोतका अनुसार वर्तमान सरकारले केही दिनअघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुअघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिटउपर कुनै निर्णय नलिने सहमति भएको थियो तर सरकारले गरेका ती निर्णयविरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जानेवित्तिकै त्यसउपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भयो । ‘त्यहीबेलादेखि सरकारसामु जोशीले विश्वास गुमायो र…
काठमाडौं: सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । आजको कारोबारमा खबर छ । बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो । बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो । सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुलक र सडक मर्मत दस्तुर…
काठमाडौँ: पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली क्रिकेट टोलिले नेदरल्यान्ड्ससामु ५५ रनको हार ब्येहोरेको छ । टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो । १९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । नेपालको सुरुवात राम्रो थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।…