Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह
- नेपालबाट विद्युत् निर्यात सुरु, लोडसेडिङ भएको हल्ला गलत : मन्त्री खड्का
- निजी जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली विकासका लागि मौसम विज्ञान विभाग र इप्पानले गरे समझदारीपत्रमा हस्ताक्षर
- रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित
- नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर डा. पौडेल
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
- प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
- निजीले पनि साउन १ गतेदेखि नुनको कारोबार गर्न पाउने गरी राजपत्रमा सूचना जारी

Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस-एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । पौडेलले राजीनामा दिएपछि गभर्नर बन्ने बाटो समेत खुला भएको छ । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व…
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिने उल्लेख गरेका छन् । यस्तै, वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ, विश्वासिलो र भरपर्दो बनाइने, नियामक निकायहरूको संस्थागत सुदृढीकरण र काम कारवाहीमा पारदर्शिता अभिवृद्धि गरिनेछ । वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरिनेछ उल्लेख छ । वित्तीय क्षेत्रमा सुशासन…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्त सम्ममा नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स १० प्रतिशतले बढेको हो । यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण ८ अर्ब ७४ करोड डलर पुगेको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आवको (महिनामा ३ लाख ५८ हजार २२२ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् । यस्तै २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति…
काठमाडौँ: सेयर बजार परिसुचक नेप्से ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने १० अर्ब नाघेको छ । आइतबार ३०० वटा कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता सेयर ८८ हजार ९९५ पटक किनबेच हँदा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँ बारबरको कारोबार भएको हो । आइतबार होटल तथा पर्यटन समुह सबैभन्दा बढि ६.५० प्रतिशतले बढेको छ । विकास बैंक समुह १.२७ प्रतिशत, जीवन बीमा समुह ०.३१ प्रतिशत, अन्य समुह ०.२० प्रतिशत र निर्जीवन बीमा समुह ०.०६ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ । सेयर बजार आरालो…
काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।नेपाल स्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता…
काठमाडौँ: नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थीर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ । परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले “समृद्धिका लागि जे पनि” को भावनासहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दश वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रबर्द्धन गर्ने नीति लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उद्योगहरूको विकास तथा प्रवर्द्धन गर्न सरकार तथा निजी…
काठमाडौँ: नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति…
काठमाडौँ: सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो। कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएका छन्। त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ। कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल…
काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय÷ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नु भयो ।उहाँले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाईनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत नियमन आयोगको भएको बताउनुभएको छ । विद्युत नियमन आयोगको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले टिओडी मिटरका आधारमा विद्युत महसुल उठाउनुपर्ने बताउनुभएको हो । “टीओडी मिटरका विषयलाई लिएर धेरै विवाद भयो, तिर्नुपर्ने रकम नतिर्ने, विद्युत प्राधिरकणले बक्यौता उठाउन नसक्ने, यसको छिनोफानो गर्ने जिम्मेवार निकाय आयोग हो, उपभोक्ता भन्नुहुन्छ हामी विलअनुसारको रकम तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, बिल ठिक छ की छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले…