Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो । सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए । कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए ।…

Read More

काठमाडौं: बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।वीरगञ्ज क्षेत्रको विद्युत् माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर…

Read More

राईको जवाफ: फाल्गुन १६ को निर्णय अनुसार हुनु पर्छ विराटनगर: सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो । एक पक्षले पार्टीको निर्देशन अनुसार सहमतिमा नेतृत्व चयन हुनुपर्ने बताएको छ भने अर्को पक्षले निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर क्याम्पेन नै चलाएको छ । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् । महाधिवेशन उद्घाटनका क्रममा महासचिव शङ्कर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । ‘महाधिवेशन आजका दिनमा…

Read More

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेका छन् । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमतिउन्मुख रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ । पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । चौधरी अहिले पनि नाउपाका संरक्षक हुन् । नाउपाले एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरेको र त्यसलाई सकरात्मक रूपमा लिएको जनमतका प्रवक्ता एवं एकताका लागि गठन गरिएको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्तासमेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् । उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’ उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे । तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाको…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्ने क्रममा उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलिरहेको भन्दै यसलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने बताए । उनले हिजोमात्रै राज्यको एउटा प्रमुख अंगका प्रमुखसँग कुरा गर्दा पनि अवस्था चुनौतीपूर्ण रहेको ब्रिफिङ पाएको जिकिर गरे । ‘परिस्थिति जटिल छ । निकै जटिल छ । अस्ति एयरपोर्टमा राजाको स्वागतका लागि जम्मा भएका मान्छेको ताँती देख्नुभयो । राजावादी र पार्टीहरूको बीचमा ठूलो द्वन्द्व छ,’ महराले भने, ‘मैले केही दिनअघि हिजोमात्रै राज्यको एउटा प्रमुख अंगको प्रमुखसँग…

Read More

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि प्रारम्भिक रूपमा एजेण्डा तय गर्न सात प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम गर्यो । पार्टीको पेसागत तथा बुद्धिजीवी विभागले नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनसँगको सहकार्यमा सात प्रदेशमा गरेको अन्तक्र्रियामा हिन्दु राष्ट्र ल्याउनेदेखि समानुपातिक सांसद, जातीय आयोग र सङ्घीयता हटाउनेसम्मको सुझाव आएको छ । विभागकी प्रमुख एवं पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला (पन्त)ले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको र रातोपाटीले प्राप्त गरेको प्रतिवेदनमा संविधानमा रहेका महत्त्वपूर्ण विषय संशोधनका लागि प्रस्ताव गरिएको छ । विभागले केन्द्रबाटै सात वटै प्रदेशमा संविधानका जानकारहरूलाई कार्यपत्र प्रस्तोताका रूपमा लगेको…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ: वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। तर भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको हो। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ। गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए। गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा रहेका उनी पछिल्लो समय गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्ष थिए। पछिल्लो…

Read More