Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो । सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् । प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई…
काठमाडौँ:राष्ट्रसंघको महासभामा भाग लिन पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमेरिकामा बसोबास गर्ने केहि नेपाली समुदायले नारावाजी तथा प्रदर्शन गरेका छन् ।न्यूयोर्कमा प्रधानमन्त्री ओलीका लागि आयोजित नेपाली कार्यक्रम तथा सभामा उपस्थित केहि गैर नेपाली युवाहरुले उहाँविरुद्ध नारावाजी गरेका हुन्।त्यहाँस्थित नेपाली दूतावासले पनि प्रमका लागि भनेर आयोजित केहि सार्वजनिक ठाउँमा राखिएका कार्यक्रम स्थागन गर्न भन्दै सुचना जारी गरिएको छ । सुरक्षाको कारणभन्दै त्यस्ता कार्यक्रमहरु अहिले अमेरिकामा स्थगन भइरहेका छन् । नारावाजी हुनुको कारण नेपालमा प्रहरीले हिजो आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न गरिएको प्रयासलाई लिएर गरिएको बुझिएको छ। लामिछाने सहकारी छानविन समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार गृहमन्त्री रमेश…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । उनीहरुबीचको भेट झन्डै ३० मिनेट चलेको थियो भने भेटको संयोग संयुक्त राष्ट्रसंघीय महासभाले गर्दा भएको । मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार थिए । न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछाैं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो । मोदीले साझा गरेका तस्बिरमा उनीहरु खुलस्त भएर कुराकानी गर्न सकेको जस्तो…
काठमाडौं – क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ ।१८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए । दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए । त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१…
न्यूयोर्क: प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रसंघको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरेका थिए । उनले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए ।धानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे ।…
काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो । ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे…
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । किन पक्राउ परे छविलाल जोशी ? सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको…
काठमाडौं । गारेखा मिडिया नेटवर्कको बैंक खातामा विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको पाइएको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार विभिन्न पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको हो । जसमध्ये २२ करोड ४६ लाख रुपैयाँ सहकारी संस्थाबाट सिधै गोरखा मिडिया नेटवर्कको खातामा सहकारीको नामबाट नै रकम जम्मा भएको पाइएको हो । यस्तै करिब ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम खडा गरी गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।…
काठमाडौँ, असोज ४ गते । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ । समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस…