Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले दिएको निष्कर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष व्यक्त गरेको छ । सभापति रवि लामिछानेले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको बताए । आज संसद बैठकपछि बाहिर निस्किने क्रममा रास्वपा नेताहरुलाई पत्रकारले घेरेका थिए । सबैभन्दा पहिले बोल्न अघि सरे संसदीय समितिका सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनाल । उनले संसदीय समितिले सहकारी हिनामिनाको आरोपमा सभापतिलाई पूर्णरुपमा क्लिन चिट दिएको बताए । खनालले भने, ‘सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिएन ।’ खनालपछि पत्रकारहरु सभापति रवि लामिछानेतर्फ फर्किए । लामिछानेले सुरुमा हाँस्दै भने, ‘अब मैले बोल्नुपर्ने…
काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ । तर संसद्मा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले संसद् अवरोध गर्दै आएको छ । तर आजको बैठकमा आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोधन नगर्ने सङ्केत गरे । ‘संसद् अवरोधन नगर्ने भनेर सहमति भएको छैन । हामी हाम्रा कुरा संसद्मा राख्छौँ’,…
काठमाडौँ:सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ। समितिले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिससमेत गरेको एक सदस्यले जानकारी दिए। ‘सहकारीको रकम गीतेन्द्रबाबु राई (जीबी) ले गोर्खा मिडियामा ल्याएर जम्मा गरे, त्यसमा रविजी प्रबन्ध निर्देशक हुनुहुँदोरहेछ, त्यहाँ आएको पुँजी परिचालनमा उहाँको पनि भूमिका देखियो, जे देखियो त्यही लेख्ने भनेर सहमति बन्यो’, उनले भने। पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पनि रविको नाम जोडिएको छ। तर, समितिले सहकारीमा उनको संलग्नतासम्बन्धी कुनै कागजात फेला पार्न सकेन। गोर्खा मिडियामा भने समितिले उनलाई…
काठमाडौँ । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।
काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद वैठकले यो निर्णय लिएको हो । भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले आइतबार मात्रै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा परेका उजुरीमध्ये स्थानीय तह र संघीय मामिला मन्त्रालयको सबैभन्दा बढी देखिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले आयोगमा एक वर्ष अवधिमा २६ हजार ९१८ उजुरी परेकामा संघीय मामिला र स्थानीय तहसँग सम्बन्धित उजुरी ३८.९१ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै शिक्षा र स्थानीय तहसँग सम्बन्धित १५.७९ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरु रहेको घिमिरेले जानकारी दिए । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ क्षेत्रसँग…
काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हाे । सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान मात्र गरिएको छ । पानी निस्किएका कारण सडक नै भासिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नयाँ राजनीतिक दल खानकै लागि जन्मिएकाे पार्टी भएको बताएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै ओलीले अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले भने–‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’ उनले अहिले आन्दोलनकारी प्रवृत्ति एकदम घटेको बताउँदै जनताको बहुदलीय जनवादको सरकार भएको…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाइृ जीवनको उत्तरार्धमा अझै बढी जोस आउन थालेको बताएका छन्। शनिबार मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘अहिले म जीवनको उत्तरार्धतिर छु। तर किन हो अलि बढी जोस आउन लागेको छ। मलाई साथीहरूले किन यति धेरै दौडिएको भन्नुहुन्छ। मलाई जोस आएकै छ,’ प्रचण्डको भनाइ छ। साथै, उनले सुशासन र जनताको पक्षमा जीवनको अन्तिम क्षणसम्म लडिराख्ने कसम आफूले खाएको पनि बताए। ‘भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको छु। मलाई अरु धेरै केही गर्नु छैन, बाँचुञ्जेल बाँचेर जनताको सेवाको निम्ति समर्पित रहन्छ।…