Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ। निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो। दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए। १२÷१२ टन कम क्षमताका विमान लिँदा भएको मूल्यअन्तरबराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो। नत्र कूटनीतिक नियोगको सहयोगमा भ्रष्टाचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ। साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ। खरिद प्रक्रियामा सुरुबाटै त्रुटि भएको निष्कर्ष निकालिएको छ। प्रक्रियागत त्रुटिमै ऋण प्रवाह…
काठमाडौं : सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई मूर्तरूप दिन कार्ययोजना बनाइएको हो। यस कार्यक्रमअनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका बनाउने कार्ययोजनामा उल्लेख छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जेको सुन र चाँदीलगायत बहूमूल्य धातु बैंकमा निक्षेपका रूपमा जम्मा गर्ने व्यवस्था गरेको छ।
सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए । उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबल्दार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी…
सैनिक सभामण्डपमा उपस्थित तथा यस सम्बोधनलाईप्रत्यक्ष प्रशारण हेरिरहनु भएका रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जाहरु, नेपाली सेनामा कार्यरत सम्पूर्ण निजामति कर्मचारीहरु एवं विभिन्न जिम्मेवारीमा विदेशमा कार्यरत सकलदर्जा तथा उपस्थित सञ्चारकर्मी र पत्रकार साथीहरुमा हार्दिक स्वागत तथा अभिवादन । आजको यस अवसरमा म सबैभन्दा पहिला कर्तव्यपालनाको सिलसिलामा बलिदान दिनुहुने नेपाली सेनाका ज्ञात÷अज्ञात वीर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते सकलदर्जाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तपाईंहरुले राष्ट्रसेवामा दिनुभएको बलिदानीप्रति नेपाली सेना सदा ऋणी रहनेछ । आजको ठीक एक वर्ष पहिले प्रधान सेनापतिमा नियुक्त भएकै दिन नेपाली सेनाका सकलदर्जाले अति आवश्यक अनुभव गरेका विषयहरुमा सुधार गर्दै लैजाने दीर्घकालीन सोचसहितको योजना र त्यसको सफलताको आशा लिएर…
काठमाडौँ: आज भाद्र शुक्ल द्वादशीमा हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रध्वजा फहराउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो तयार पार्न नालास्थित वनबाट रुख काटेर ल्याइएको थियो । हनुमानढोका नजिकै रहेको श्वेतभैरवको मूर्ति पनि आजदेखि एकसातासम्म सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी सिँगार गरिन्छ । उक्त मूर्तिलाई किराँती राजा यलम्बरको शिरका रुपमा मानिएको छ । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई पुरानो चाडका रूपमा लिइन्छ । इन्द्रध्वजा फराइएपछि एक हप्तासम्म इन्द्रजात्रा…
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ । यस्तै…
विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो । ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए । यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो ।
घोराही : दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।
काठमाडौँ : प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था…
काठमाडौँ : ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको बताउँदै संरचनागत रुपमा कसरी जाने भन्नेमा खुला छलफल गरी निष्कर्षमा पुग्नुपर्ने विचार राखे । सांसद पुष्पा भुसालले शिक्षा निःशुल्क मात्र नभई अनिवार्य पनि गराउनुपर्ने बताए । पूर्ण साक्षरबाट पूर्ण शिक्षित बनाउनेतर्फ विधेयक केन्द्रित हुनुपर्ने उनको धारणा थियो । साङ्केतिक भाषालाई पनि शिक्षामा अनिवार्य एवं निःशुल्क गराउने…