Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि ९यू–१९० एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आज बिहीबारदेखि शुरु भएको छ । यो खेल अर्को महिनादेखि सुरु हुँदैछ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो । नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताउनुभयो । उहाँले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा…

Read More

काठमाडौँ ः सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले आगामी वर्षदेखि अनुदानको मल बिक्री वितरण गर्ने जिम्मा स्थानीय निकायमार्फत गर्न सकिने बताउनुभयो । युरिया मल प्रतिकेजी रु १४ पर्दा एक बोराको मूल्य ७०० र डिएपी प्रतिकेजी रु ४२ पर्दा एकबोराको मूल्य रु दुई हजार १००…

Read More

काठमाडौं :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साउन २३ गते विहीबार साँझ ४ बजे राष्‍ट्रको नाममा सम्बोधन गर्दैछन । जम्‍मू(कश्‍मीरबाट अनुच्‍छेद ३७० समाप्‍त गरेपछिको यो उनको पहिलो संबोधन हुनेछ । ऑल इंडिया रेडियोले ट्वीट गरेर यससम्बन्धी जानकारी दिएको हो । मोदी हिजो बुधवार नै राष्‍ट्रलाई संबोधन गर्ने तयारीमा थिए । तर बीजेपी नेता एवं पूर्व विदेश मंत्री सुषमा स्‍वराजको निधनका कारण त्यो हुन सकेन । आजको आफनो सम्बोधनमा जम्मू(कश्मीर को विशेष दर्जाको अन्त्य र त्यसलाई दुई केन्द्र शासित क्षेत्रमा विभाजित गर्ने फैसलाबारे बोल्ने सम्भावना रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन । प्रधानमन्त्री मोदीले पछिल्लो पटक देशलाई लोकसभा चुनावभन्दा अगाडि २७ मार्चमा…

Read More

काठमाडौं : सिद्धार्थ क्यापिटलको आज बिहीबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ को आइपिओ विक्रिमा आएको छ । १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड इकाई आज साउन २३ देखि बजारमा बिक्री खुला भएको हो । यसमा साउन २७ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भदौ २० गतेसम्म खुला रहने सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो । अहिले…

Read More

काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज विहीबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेकोे छ । बुधबार ६९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य आज बिहीबार ५०० रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै छापावाला सुन भने बिहीबार तोलाको ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । एक सातादेखि लगातार बढिरहेको सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो…

Read More

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिनुभयो । दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो । दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

कावासोती: नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका…

Read More

हेटौँडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो । स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । शिविरमा दुई हजार ७२१ महिला र एक हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न…

Read More

काठमाडौं: जापानी कम्पनी ह्युमन रिसोसियाले फेरी नेपाली ईन्जिनियरलाई जापानमा रोजगारीको अवसर दिने भएको छ। नेपाल ईन्जिनियरिङ कलेजका ४ विध्यार्थीहरुलाई सो कम्पनीले अघिल्लो वर्ष रोजगारी दिएको थियो। सो अवसर पाउनेहरुमा २०१५ ब्याचका कम्प्युटर ईन्जिनियर सुसन माडिकर्मी र सुबास निरौला, २०१५ ब्याचकै ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियर एडा रिजाल र २०१४ ब्याचका कम्प्युटर ईन्जिनियर ईसारा देसार हुन्। एडा रिजाल तिनै विध्यार्थी हुन् जसको टिमले अमेरिकामा भएको ईमेजिन कप ( २०१८ नामक विश्वब्यापी प्रतियोगिता जितेकी थिइन्। नेपाल ईन्जिनियरिङ कलेजमा हालै सो कम्पनीले लगातार दोश्रो वर्ष पनि जब फेयर गरेको छ। सो सो जब फेयरका संयोजक कम्प्युटर साईन्स तथा ईन्जिनियरिङ बिभागका प्रमुख ई. दिनेश डंगोलका…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको व्यवस्थापन सुधारका लागि सरकारले सुझाव कार्यदल गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल गठन गरिएको हो । कार्यदलमा चार्टर एकाउण्टेण्ट सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् । कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि ठोस सुझावसहितको प्रतिवेदन तथा सो सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय…

Read More