Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। सोमबार बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिहरूलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असार २८ गते शुक्रबार भएको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्तिपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना रहेका छन् । कार्यदललाई १० दिन समय दिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो ।दुर्घटनामा बेपत्ता भएका ६५ जनामध्ये सोमबारसम्म १२ जनाको शव फेला परेको छ ।
काठमाडौँ: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्। खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ। ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ। शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले सरकारले नीति तथा कार्यक्रममा ल्याएको सूचना प्रविधि क्षेत्रको संस्थागत पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेका हुन्। उनले सूचना प्रविधि सम्बद्ध निकायको संस्थागत पुनर्संरचनाका लागि अध्ययन गरेर अघि बढ्ने उल्लेख गरे। उनले सञ्चार मन्त्रालयमा आफू लोकप्रियताका लागि नआएको बताए। त्यसकारण बुझेर मात्र बोल्ने उनको भनाइ थियो। उनले भने, ‘म यहाँ पपुलर हुन आएको होइन। म डेलिभरी गर्न आएको हुँ। मन्त्रालयको कुरा बुझ्न धेरै बाँकी छ, आज ठूलो ठूलो कुरा गर्दिन।’काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ…
काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्। पदभार सम्हाल्नुअघि ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन्। त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए। साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुगेका थिए। प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको…
काठमाडौँ : नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिको किनारमा एउटा र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बामगती प्रदेशका डीआईजी विष्णु केसीले बताए । डीआईजी केसीले भने– ‘नवलपरासी पूर्वको गण्डकमा शव देखिएको छ तर, निकालिसकेको अवस्था छैन ।’ आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ बस्ने १७ वर्षको राहुम मियाँ छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । मियाँ गणपति डिलक्समा सवार…
काठमाडौँ: त्रिशूलीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । सोमबारदेखि त्रिशूलीमा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोज्न थालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । असार २८ मा दुई वटा डिलक्स बस भरतपुर नगरपालिकाको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता छन् । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिरहेको छ । उच्च प्रविधिको डिभाइस हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको डीएसपी थापाले जानकारी दिए । उनले भने– ‘नेपालमा उपलब्ध मध्येमा उच्च स्तरको सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाएर त्यहाँ रहेका भएका वस्तुहरूलाई स्क्यान…
काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
काठमाडौँ: सनसनीपूर्ण युरो कप फुटबलको उपाधि चारौं पटक स्पेनले पुनः इंग्ल्याण्डलाई २-१ ले हराउंदै हात पारेको छ । खेलको दोश्रो हाफमा स्पेनका निको विल्लिम्सले ४७ औं मिनेटमा गोलको अग्रताको खाता खोलेको थियो भने खेलकै ७४ औं मिनेटमा इंग्ल्याण्डका खेलाडीले बराबरी गोल फर्काएका थिए भने त्यस पछिको खेलको ८६ औं मिनेटमा पुन: स्पेनकै मिकेल ओयर्जावेलले विजयी गोल गरेका थिए। यो जित इतिहाँसमै सबैभन्दा बढी उपाधि जित्ने टोलि बनेको छ स्पेन।