Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खाे, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो । प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले…

Read More

काठमाडौं: पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए । उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए । सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । बिवाइडी अटो इन्डस्ट्री…

Read More

वीरेन्द्रनगर, १२ फागुन (रासस) ः फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक रु एक हजार ५०० पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताउनुभयो । नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा…

Read More

काठमाडौं: कृषि सामग्री लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष पनि मलको अभाव हुने बताए । मन्त्रालयले यसअघि कम्पनीलाई अनुदान उपलब्ध गराइसकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ७ लाख टन मल खपत हुने देखिए पनि ३ लाख टन मात्रै आयात हुने गरेको छ । कम्पनीका प्रबन्ध…

Read More

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर ध्वस्त भएका छन् । उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दिउसो १ बजे कमल कार्कीको घरबाट आगो लाग्न सुरु भएको थियो । आगोले एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने…

Read More

काठमाडौँ: अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो । एक जना पनि विद्यार्थी नपाठाएको दाबी…

Read More

काठमाडौँ: सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३÷११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु भएको सो सवस्टेशन शुक्रबार मात्रै औपचारिकरुपमा निर्माण सकिएको घोषणा भएको हो । सल्यान जिल्लाका तीन हजार र रुकुम पश्चिमका नौ हजार घरधुरीमा विद्युत् उपलब्ध गराउन महत्वपूर्ण मानिएको सवस्टेशन निर्माण हुन लामो समय लाग्दा स्थानीय विद्युत् उपभोक्ता समस्यामा…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन ‘जिएसएमए’को आयोजनामा स्पेनको वार्सिलोनामा यही फेब्रुअरी २५ देखि २७ तारिखसम्म मोबाइल कङ्ग्रेस, २०१९ अन्तर्गत हुने (जिएसएमए मिनिस्टेरियल प्रोग्राम २०१९) मा सहभागी हुन आज स्पेनको वार्सिलोना तर्फ प्रस्थान गरेका छन् । सो मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मोबाइल कङ्ग्रेसको मन्त्रिस्तरीय कार्यक्रममा विभिन्न देशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहने छ ।उक्त कार्यक्रम दूरसञ्चार क्षेत्रमा नीति निर्माण तथा अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण मानिने उल्लेख गरिएको छ । भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले विभिन्न मुलुकका मन्त्रीहरु तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्नुहुने सो विज्ञप्तिमा उल्लेख…

Read More

काठमाडौँ: मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भने । अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा…

Read More

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताएका छन् । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताएका हुन् । उनले भने, “नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधीकरण नै हो, कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ ।” कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरी कृषि उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको जल, जमीन र…

Read More