Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो । “संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो सङ्घर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो । संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई…
काठमाडौँ: रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन् । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो । आह्वानसँगै महासचिव सीवले नेपाल भ्रमण गरी भूकम्पछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिएका थिए । नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणामा आउन लाग्नुभएका सीले विशेष गरी विसं २०७२ का वैशाख महिनाको विनाशकारी भूकम्पछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमको बारेमा जानकारी लिनेछन् । प्रधानमन्त्री केपी…
काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ८ दशमलब ५९ अंकले बढेर एक हजार १९० दशमलब २८ अंकमा पुगेको छ । नेप्सेसंगै कारोबार रकममा सुधार आउदा पूँजी बजारका लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा उत्पादन, जीवन बीमा र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब ११ अंक, निर्जीवन बीमा २९ दशमलब ४३ अंक र विकास बैंक समूहको परिसूचक १३ दशमलब ५२ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ११ दशमलब १४ अंकको,लघुवित्त १० दशमलब १४ अंकको र जलबिधुत ५…
काठमाडौँ: कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला…
काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आइतबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११३.८९ पैयाँ र खरीद दर ११३.२९ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असरपर्न गर्न थालेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै…
विराटनगर :प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिए । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उनले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज ढङ्गानाले वनको महत्वबारे…
काठमाडौँ: एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले दोश्रो जित हात परेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन लक्ष्य नेपालले २८.१ ओभरमा आफ्नो लक्ष्य भेटाएको हो । नेपालका लागि सर्वाधिक ४३ रन अनिल कुमार शाहले बनाएका थिए । आजको खेलमा पनि सन्दिप लामिछाने र एलएन राजबंशीले ३-३ विकेट लिए भने सोम्पालले दुई विकेट र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आजको खेलमा सिङ्गापुरलाई चार विकेटले हराएको हो । नेपालले आफ्नो लक्ष्य १३१ बल अगाबै भेटाएको हो । पहिलो ओभरको खेल: सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश…
काठमाडौँ: एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन बनाएको छ । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।
काठमाडौँ: आर्थिक वर्ष २०७५/ ७६ को प्रथम महिनामा कुल वस्तु व्यापार घाटा एक खर्ब १३ अर्ब पुगेको छ । व्यापार घाटा चालू आवको प्रथम महिनामा अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा ६२ दशमलब ३५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात ३ दशमलब १९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने बस्तु आयातमा ५७ दशमलब १८ प्रतिशतले वृद्धि भई एक खर्ब २० अर्ब पुगेको छ । अघिल्लो वर्षको श्रावण महिनामा वाढी तथा डुवानका कारण तराईका जिल्लाहरुमा रहेका केही भन्सार विन्दुहरुमा आयात, निर्यात प्रभावित भएकाले गत वर्ष प्रत्येक महिना औषतमा करिव १०० अर्वको आयात हुदा श्रावणमा…
काठमाडौँ: विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको ठूलो अंश मोबाइल, टेलिभिजन, कपडालगायत विलासिता तथा दैनिक उपभोग्य वस्तुमा खर्च हुँदै आएकाले त्यसलाई कसरी उत्पादनतर्फ जोड्ने भन्नेबारे सरकार र अर्थतन्त्रका जानकारबीच छलफल हुँदै आएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीबाट आर्थिक वर्ष २०७४÷७५ मा रु सात खर्ब ५५ अर्ब ६…