Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :बढ्दो बेरुजुले मुलुकमा वित्तीय अनुशासन कायम गर्न चुनौती थपेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षसम्म कारवाही गरेर टुङ्गो लगाउनु पर्ने बेरुजुको अङ्क पाँच खर्ब ८० करोड रुपैयाँ रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखा परीक्षक टङ्कमणि शर्माले यो वर्ष मात्रै पनि एक खर्ब तीन अर्ब ८३ करोड बेरुजु थप भएको बताए । भौतिक तथा पूर्वाधार मन्त्रालयको सबैभन्दा बढी दुई खर्ब १२ अर्ब ६९ करोड आठ लाख रुपैयाँ बेरुजु छ । त्यसपछिका बढी बेरुजु हुने मन्त्रालयमा अर्थ, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, रक्षा, खानेपानी तथा सरसफाइ, शहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, सिँचाइ,…
काठमाडौँ: नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ । श्रावण २८ बाट सुरू गरिएको यो मेला देशव्यापि रूपमा भाद ४ गते सम्म रहने जानकारी कम्पनिले दिएको छ । पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले भने , “हाल निसान गाडीलाई लिएर आमजनमानसमा उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ । हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ । भर्खरै पनि हामीले डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ । ग्राहकहरूको उत्सुकतालाई मध्यनजर गरी आयोजना गरिएको निसानको मेलाले पनि यस्तै नतिजा दिने…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका डेबिट कार्डहोल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका डेबिट काडहोल्डरहरु र कार्डहोल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डीक नन इन्भेसिभ परिक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने छन् । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज…
काठमाडौँ: गृहमन्त्रालयले बुधबार केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गर्ने निर्णयसहितको सूचि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ । सूची अनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी वसन्त कुमार लामालाई दिइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख तोकिएको छ । निशान हत्या काण्डमा परिसर प्रमुख बिश्वराज पोखरेल र अपराध महाशाखाबीच समन्यव अभाव रहंदा बालक ज्यान गएको थियो । लामा ३३ किलो सुनकाण्डको अनुशन्धान समितिको सदस्यसमेत हुन् । धानुक भने यसघि काठमाडौं प्रहरी परिसरको जिम्मेवारीबाट बाग्लुङ सरुवा भएका थिए । ललितपुरमा यसघि गणेशबहादुर ऐरले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी…
काठमाडौँ: सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उहाँलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । ज्ञवालीले यसअघि पनि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका थिए । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । मन्त्रिपरिषद्को असार २० गतेको निर्णयले पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त हुनुभएपछि प्राधिकरण…
काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ । कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले ऐनका त्यस्ता प्रावधान फिर्ता नभए देशभरका व्यवसायीले आ–आफ्नो अनुमतिपत्र सरकारलाई बुझाउने चेतावनी दिए । निर्माण कार्यमा कमजोरी देखिनुमा व्यवसायीको मात्र दोष नरहेको भन्दै अध्यक्ष श्रेष्ठले दोषी रहेका अन्य सबै पक्षलाई पनि कानूनी कठघरामा उभ्याउनुपर्ने…
काठमाडौँ: एनआईसी एशिया बैंकले धादिङ जिल्लामा तीन नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ। बैंकले बुधबार धुनिबेशी नगरपालिका–७, स्थित खानीखोलामा, धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्केमा र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशीमा नयाँ शाखाहरु स्थापना गरेको हो। खानीखोला र धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गरे भने महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरे। मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ्। बैंकको वासलातको आकार रू. १८१ अर्ब…
काठमाडौँ: नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित समयभित्रै आफ्नो प्रतिवेदन तयार पारेको स्पष्ट गर्दै दुवै देशका प्रबुद्ध व्यक्तिको समझदारीमा प्रतिवेदनका अन्तर्वस्तु सार्वजनिक नगरिएको पनि जनाएको छ । प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु मात्र भएका…
सोल: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् । उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउनु हुन्छ प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिनु हुने आकाङ्क्षा व्यक्त गरेका छन्। “जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल…
रसुवा: तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भइरहेको छ ।