Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराउनु भएको हो । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम…

Read More

काठमाडौं: रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले केन्द्र र जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम र सम्भावित बाढी जोखिमबारे छलफल गर्नुभएको थियो । छलफलमा नदीको निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र जोखिम न्यूनीकरणका लागि आवश्यक…

Read More

काठमाडौँ: भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवाको विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको सूर्यगढीदेखि रसुवा सीमासम्म करिब एक किलोमिटर नयाँ ११ केभी लाइन निर्माण गरी जिल्लाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःसञ्चालन गरेको जनाएको छ। भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न स्थानमा विद्युत् पोल, तार तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको थियो। बाढी र पहिरोले विद्युत् वितरण प्रणालीमा क्षति पुर्‍याएपछि प्राधिकरणले तत्काल वैकल्पिक माध्यमबाट आपूर्ति पुनःस्थापनाको काम अघि बढाएको हो। नुवाकोटको सूर्यगढीदेखि रसुवाको सीमासम्म निर्माण गरिएको नयाँ ११ केभी लाइनबाट कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको प्राधिकरणले…

Read More

काठमाडौं: रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू नरहेको निष्कर्ष निक्लिएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो । सोही आशंकाको आधारमा नेपाली सेनाको नेतृत्वमा उद्धार टोली खटिएको थियो । तर, उक्त उद्धार टोली सुरुङभित्र कोही पनि फेला नपरेपछि मान्छे नरहेको निष्कर्षसहित धुन्चे फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन विज्ञहरूसहित खोजीमा जुटेको थियो । उद्धार टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई सूक्ष्म रूपमा खोजी गरेको थियो । तर, सुरुङको अन्तिम कुनासम्म पुग्दा पनि कुनै मानवीय उपस्थिति नभेटिएको…

Read More

काठमाडौँ: प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। सोमबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिएका छन्। यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिनेछन्।

Read More

काठमाडौँ: रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको छ। प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्नु भएका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाउनुभएको हो। “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली…

Read More

काठमाडौँ: चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो।यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गर्नुभयो।राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताउनुभयो।नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई…

Read More

काठमाडौँ: रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)को टोलीले बालिकाको माटोमुनिबाट उद्धार गरेको हो। शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको एपीएफको टोलीले बालिकाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ। भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीले रसुवागढीसहित तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको थियो। बाढीमा हराइरहेका मानिसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्। यसैक्रममा सशस्त्रको टोलीले टिमुरे क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। खोजबिनका क्रममा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट टिमुरेबाट करिब दुई सय मिटर नजिक बाढीले थुपारेको ढुंगा र काठभित्रबाट बालिकाको उद्धार गरिएको…

Read More

काठमाडौं, भदौ १४: नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आजदेखि दूरसञ्चार सेवा सुचारु गरेको छ। यससँगै बाढी तथा पहिरोका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका छन्। टेलिकमका अनुसार रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरबाट सेवा पुनः सञ्चालन गरिएको छ। उक्त टावर सञ्चालनमा आएसँगै जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको खोज तथा उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारीसाधन तथा भरियामार्फत ढुवानी गरिएको थियो। त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावरबाट पनि सेवा सुचारु भएको छ। नुवाकोट जिल्लाका तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन्। ती टावर…

Read More

काठमाडौँ: आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ । त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ ।यसैगरी आइएमइले संसारभरीबाट…

Read More