Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । करीब रु दुई अर्ब ६४ करोड ३९ लाख ७५ हजार ६०० बराबरको लगानीकर्ताको लगानी करीब डुबेको छ । स्टकमा कारोवार नभएका ती उद्योग तथा कम्पनी धेरैजसो बन्द भइसकेका छन् । सञ्चालनमा रहेका भनिएका उद्योगको शेयरसमेत कारोवार हुन सकेको छैन । सरकारले निजीकरण गरेका कारण केही उद्योग पनि बन्द भएका…

Read More

काठमाडौं: अवैध तरिकाले भित्र्याइएको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ घर भई हाल काठमाडौं एयरपोट बस्ने बर्ष २८ का फैयाज आलम रहेको महानगरीय प्रहरी परिसर काठमडौंले जनाएको छ । ऐयरपोर्ट गोल्डेनगेटस्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेका उनलाई महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद भएको प्रहरीले जनाएको छ । ४५७ ग्राम रहेको सुनको नेपाली बजार मूल्य रु.२१ लाख ९४ हजार ५७ रुपैया रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी…

Read More

काठमाडौँ :तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोबाइल किनेको मूल्यको पाँच प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता हुनुभयो भने सो सेवा पाइन्छ । हरायो भने मोबाइल धनीको ५० प्रतिशत मात्र लागतमा नयाँ सेट…

Read More

इलाम: बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन् । प्रदेश नं १ को नाम किरात–लिम्बूवान–खम्बुवान हुनुपर्ने बन्दकर्ताद्वारा जारी अपिलपत्रमा उल्लेख छ । बन्दका कारण यहाँका शैक्षिक संस्था तथा यातायात सेवा ठप्प छ ।…

Read More

काठमाडौँ: महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिए । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ । यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको…

Read More

सोलुखुम्बु: गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धारको प्रयास सफल हुन नसकेको प्रजिअ रानाको भनाइ छ । उनले भने, “उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएकोे तर तालीम प्राप्त जनशक्ति र पर्याप्त साधन नहँुदा उद्धार गर्न सकिएन ।” उद्धारका लागि गृहमन्त्रलायबाट साधनसहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रजिअ रानाले विश्वास व्यक्त गरे । घटनास्थल…

Read More

काठमाडौँ: १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमिल्सिना पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा लगी बलात्कार गरेका थिए । बृत्त प्रमुख डिएसी श्याम राईले तिमिल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । , यो खबर आजको नयाँ पत्रिकामा छ ।

Read More

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो । दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अध्ययनका लागि मौरिसस पुगेका विद्यार्थी पटक/पटक अलपत्र परेर उद्धार गर्नुपरेको जानकारी गराएको थियो । दूतावासको सुझावका आधारमा परराष्ट्रले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर मौरिससमा रहेका विद्यार्थीबारे जानकारी दिएको थियो । परराष्ट्रको पत्रमा काम गर्दै पढ्ने सर्तमा नेपाली विद्यार्थी त्यहाँ पुगे पनि त्यस्तो वातावरण नभएको उल्लेख छ । ‘काम गरे पनि पारिश्रमिकले विश्वविद्यालयको शुल्क र खाने व्यवस्था गर्न कठिन हुने देखिएको छ,’ पत्रमा…

Read More

काठमाडौँ: कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने— जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ । तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा राजिनामा दिएका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Read More

काठमाडौँ: बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो । घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । ‘गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन’ यति गरिसकेपछि पनि आफ्नै कोठामा…

Read More