Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- जेनजी आन्दोलनमा आदेश दिने र गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नहुने
- पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश
- आज र भोलि भारी वर्षाको सम्भावना, अति जोखिमयूक्त ठाउँमा सतर्कता अपनाउन विभागको चेतावनी
- एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
- दिउँसो र राति यी स्थानमा वर्षाको सम्भावना
- प्रतितोला ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । उहाँले इन्टर मिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तिर्ण गर्नुभएको छ । मिश्रले हाइस्कुल परीक्षा भारतको नवतनवाँ इन्टर कालेज, नवतनवाँ (गोरखपुर) बाट १९६३ मा र इन्टरमीडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट १९७१ मा उत्तिर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ । मिश्रले हाई स्कुल परीक्षामा कुल पाँच सय पूर्णाङकमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक…
चितवन: निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो । जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।
जेनेभा, स्वीजरल्याण्ड: बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि गर्दछ ।” यसअघि दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको…
काठमाडौँ: सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थी कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ । एशोसिएशनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कूल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहेपनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताए । उनका अनुसार कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले…
चितवन :जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पु¥याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद…
तुलसीपुर : तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आज दिउँसोदेखि यातायात प्रभावित भएको हो । साना सवारी साधन सबै ठप्प…
काठमाडौँ: नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो । ब्युरोले पक्राउ गरेका क्षेत्रीको साथबाट १०८ एम्पुल नोर्फिन, १०८ एम्पुल डाइजेपाम र १०८ एम्पुल फेनार्गन बरामद गरेको छ । प्रहरीले पक्राउ क्षेत्रीसँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार…
काठमाडौँ : नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । सो प्रसारण लाइनको हाल ६३० मिटरको काम (४८ प्रतिशत) निर्माण सकिएको छ । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । स्थानीय बासिन्दालाई असर नपर्ने गरी निर्माण भइरहेको यो नेपालको प्रसारण लाइन निर्माणको इतिहासमा पहिलो भूमिगत प्रसारण लाइन भएको प्राधिकरणले जनाएको छ ।…
सल्यान :लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ । जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिए । जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ । “चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको…
काठमाडौँ : सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक÷पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् । गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका…