Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रास्वपाको महाधिवेशन फागुनमा हुने
- सुन अहिलेसम्मकै महँगो, तोलाको १ लाख ९० हजार रुपैयाँ माथि
- बनेको २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
- आज तोलामै २७ सयले बढ्यो सुनको भाउ, बन्यो अहिलेसम्मकै महँगो
- लिटरमा ३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
- गभर्नर नियुक्तिमा ६५ वर्ष उमेर हद हटाउने संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- कांग्रेसमा भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा
- एकीकृत जल नीति बनाउन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगको सुझाब

Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हाे । २०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य बिहीबार तोलको १ लाख ९० हजार पार भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ।…
काठमाडौंः जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरुले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार(आज) फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै अहिलेसम्मको महँगो बनेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि सोमबार १ लाख ८६ हजार रुपैयाँ प्रतितोला रहँदै सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको थियो तर उक्त रेकर्ड आज ब्रेक भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आजको लागि चाँदीको मूल्य प्रतितोला १ हजार…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।
काठमाडौं: अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा उमेरहदको व्यवस्था हटाएको थियो । २७ फागुनमा सरकारले मापदण्ड संशोधन गर्दै अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यहरुको लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो । उक्त उमेरहद सम्बन्धी व्यवस्था खारेज गरेसँगै त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले गत शुक्रबार सर्वोच्चमा…
काठमाडौँ: परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपाली कांग्रेस पार्टीभित्र आफू भाइरल हुने नाममा जे पनि बोल्ने र एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको बताएकी छन् । इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताएकी हुन् । उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला । तर त्यसले पार्टीलाई कति क्षति…
काठमाडौँ: उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगले मौजुदा जलविद्युत विकास नीतिलाई परिमार्जन गरी समयसापेक्ष बनाउन जरुरि रहेको बताएको छ । “मौजुदा जलविद्युत विकास नीतिलाई समयसापेक्ष बनाउन पहिले एकीकृत जल नीति बनाई सो नीति अन्तर्गत जलविद्युत विकास, सिंचाइ र खानेपानी आपूर्ति र सरसफाइ लगायतका सेक्टरल (क्षेत्रगत रणनीति तयार गर्नु पर्ने आयोगको सुझाब छ । एकीकृत जत्त नीतिको अभावमा क्षेत्रगत नीतिका बीच अन्तर्द्वन्द्र सिर्जना हुन गई नीति कार्यान्वयन गर्न कठिन हुने भन्दै आयोग पहिले एकीकृत जल नीति बनाउनु पर्ने आयोगको सुझाब छ । सुझाबमा भनिएको छ -“विद्युत् विकासको क्षेत्रमा धेरै संस्थागत संरचना हुँदा एक अर्काको कार्यक्षेत्रमा हस्तक्षेप हुन सक्ने देखिएकाले यी सबै संस्थाहरूको…
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सम्मान गरिने व्यक्तिमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् । त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा…
काठमाडौं: दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याएको थियो । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालय…