Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गरी ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२’ लागू भएको हो । नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समयसीमा अगाडि सारिएको छ । अब राष्ट्रिय योजना आयोगले प्राप्त आयोजना प्रस्तावको मूल्याङ्कन गरी उपयुक्त ठानेमा मङ्सिर १५ गतेभित्र अर्थ मन्त्रालयमा स्रोत सहमतिका लागि सिफारिस गरिसक्नुपर्नेछ । यसअघि आयोगले मङ्सिर मसान्तभित्र सिफारिस गर्ने व्यवस्था थियो । यसैगरी, अर्थ मन्त्रालयले अब मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट त्रिवर्षीय बजेट प्रक्षेपण, चालु आर्थिक वर्षको बजेट र स्रोतको…

Read More

काठमाडौं: नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय समावेशीकरण सूचकांक’ सम्बन्धी प्रतिवेदनमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा सुधार देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । आर्थिक वर्ष २०२३/२४ मा यस्तो सूचकांक ०.४७ मात्रै रहेकोमा एक वर्षमा उल्लेख्य सुधार भएको हो । नेपालमा वित्तीय समावेशीकरणको स्तर र प्रगतिको विस्तृत मूल्यांकन प्रदान गर्ने उक्त प्रतिवेदनले वित्तीय समावेशीकरण सूचकांकमा सुधार भएको देखाएको छ । वित्तीय समावेशीकरण सूचकांकको गणना मानव विकास सूचकांकको गणना विधि जस्तै हुने राष्ट्र…

Read More

काठमाडौं: नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार थप १८ हजार ८ सय रुपैयाँले घटेको थियो । सोमबार पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८६ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज सुनको मूल्य १३ हजार ४ सय रुपैयाँले घटेको हो । यसअघि १५ गते सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको…

Read More

काठमाडौँ: शुक्रबार​​​ नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन साेही रकमले उकालाे लागेर प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार २०५ डलरमा कारोबार भइरहेको छ ।

Read More

अन्यसँग पनि लिए गुनासा १३ माघ, काठमाडौँ।गृह मन्त्री ओम प्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालयहरु केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्‍वरको स्थलगत निरीक्षण गर्नुभयो। गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुग्नुभएका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरु र एक कारागार अस्पतालको निरिक्षणको क्रममा कारागारहरु र अस्पतालको वस्तुस्थितीबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिनुभएको हो। मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्‍नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गर्नुभई त्यहाँ राखिएका…

Read More

काठमाडौं: अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भइ आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव सबै परियोजनालाई अघि बढाउन निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन दिनु भएको हो । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्तावहरु र नीति तयारीका विषयमा जानकारी गराउनु भएको थियो । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जल विद्युत परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे…

Read More

काठमाडौँ:नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झन्डाको प्रयोगबारे ५ बुँदे परिपत्र गरेको छ। उपसभापतिसमेत रहेका केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झन्डा प्रयोगमा ध्यान दिनु भन्दै आज परिपत्र गरेका हुन्। यस्तो छ परिपत्रमा उल्लेख बुँदा; १) आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने। २) राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने।(झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ) ३) उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ। त्यस्तो…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार…

Read More

काठमाडौं: राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये १७ सदस्यका लागि आज मतदान भइरहेको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ स्थित केन्द्रमा मतदान भइरहेको छ । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए । कोशी प्रदेशको खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा…

Read More

कठमाडौँ: नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । शुक्रबार रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढ्दा चाँदी २९० रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो । यस्तै, शुक्रबार रेकर्ड बनाएको चाँदीको मूल्यले आइतबार फेरी रेकर्ड ब्रेक गरेको…

Read More