Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

वासिङटन:  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ लाग्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो । अमेरिकी विदेश मन्त्रालयले सो जानकारी दिएको छ । उहाँ उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लाग्नुभएको बताइएको छ । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओ स्थानीय समयानुसार बिहीबार मध्याह्न २ बजे उत्तर कोरियाको राजधानी प्योङग््याङ पुग्नुहुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक…

Read More

काठमाडौँ: साताको अन्तिम दिन विहिबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ अंकले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा निर्वाचन आयोगको सहमति लिएरै गरेको राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनी व्यवस्थाको विपरीत रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । ‘शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतीमा भएको हो । यसरी कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा…

Read More

काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ । विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । डा केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत हुनुहुन्छ । आयोगले डा…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा अघि बढाउनु पर्ने बताएका छन् । प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीहरूसँग बिहीबार भएको छलफलमा मन्त्री पुनले ठूला आयोजना निर्माणमा जोडदिई एका हुन् । उर्जामन्त्री पुनले प्रदेश एक्लैले बहुउद्देश्यीय आयोजना निर्माण गर्न नसक्ने हुँदा समन्वय जरुरी रहेको बताए । ‘जलविद्युत विकास समग्र देशको समृद्धिसँग जोडिएको छ, केन्द्रले एक्लैले निर्माण गर्नुपर्छ भन्ने छैन,’ उनले भने ‘अन्तरप्रदेश समन्वय गरेरै जाने हो ।’ अन्तरक्रियामा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरूको उपस्थिति थियो । कार्यक्रम तथा छलफलमा प्रदेश ७ का मन्त्री पठानसिंह बोहोराले आयोजना निर्माणसँगै मानव संशाधनको…

Read More

काठमाडौं: विमान बंगलादेश एयरलाइन्सले विगत नौ वर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो । देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो । उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्, ‘९ वर्ष भयो काम मैले गरेको । २ हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरु…

Read More

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाएका छन् । सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाबाट हालै पारित भई गएका विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी रहेका छन् । यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न आठवटा मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफल शुरु भयो । ती मन्त्रालयमा वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । स–साना योजनामा बजेट विनियोजन गरी कनिका छर्ने काम भयो: काँग्रेस…

Read More

दाङ : जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा एक करोड रुपैयाँको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् । फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गरे । शारीरिक सुगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उनले बताए । वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालन हुनु…

Read More

काठमाडौं: सडक विस्तारका लागि बालाजु क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रकाअनुसार,बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । यसैगरी, बालाजु — धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ…

Read More

बैंकक : थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका बेदेशी संचार मध्यमहरुले जनाएका छन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको…

Read More