Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धनगढी: कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु…
काठमाडौँ: ‘ग्लोबल मनी विक – २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोयो एघारौं संस्करण हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको धारणा राखे । उनले भने, “राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।” युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो । बैंकिङ, पुँजी…
काठामडौँ: महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राहदानी ऐनअनुसार मुद्दा चलाउन आवश्यक प्रमाण नदेखिएपछि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयको भनाइ छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले झूठो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको ठहर थियो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् । सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले अब सरकार विस्तार गर्ने बताएका हुन् । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफूले पर्याप्त विश्वासको मत प्राप्त गरेकाले आरामसँग सरकार चल्ने जिकिर गरे । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने समेत जानकारी दिए । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो । जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए । यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए। यस्तै दुई…
काठमाडौं: नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए । प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र…
काठमाडौं: हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए । प्रधानमन्त्रीले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो । तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन् । सहकारीहरूमा पनि समस्या देखिएका छन् । यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’ बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक…
काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय गरेको छ। आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। नेपाली कांग्रेसमा एक नेताका अनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो । सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख…