Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रहरी हिरासतमा तीन दिनदेखि रहेका बहालवाला सचिव टेक नारायण पाण्डेले आफ्नो बयानको क्रममा नक्कली भुटानी शरणार्थीलाई तेश्रो मुलुकमा लैजानको लागि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणकोसमेत नाम लिएका छन् । अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी भने अझै सम्पर्कविहीन छन् । हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाँणको नाम लिएका हुन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए । गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन…

Read More

काठमाडौँ, २३ वैशाख (रासस) :अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिनुभएको हो । शुक्रबार भएको छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ । त्यस्तै अहिलेको अर्थतन्त्र सुधारका लागि वित्त नीति कसिलो र मौद्रिक नीति केही खुकुलो बनाउनुपर्ने सुझाव पूर्वअर्थमन्त्रीहरूले दिनुभएको छ । निजी क्षेत्रलगायत सबैतिर निराशाको अवस्था रहेकाले तत्कालको प्रयास आत्मविश्सास जगाउनु रहेको सुझाव पनि…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। रास्वपाको शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। रास्वपाले समर्थन फिर्ता लिएसँगै सरकारको भविष्यमाथि प्रश्न उठेपनि प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधि सभामा बहुमत भने गुमाइहालेको छैन। यसअघि प्रधानमन्त्री प्रचण्डले ६ चैत्रमा विश्वासको मत लिएका थिए। त्यो बेला उनलाई प्रतिनिधि सभाका १ सय ७२ सदस्यको समर्थन थियो। त्यो बेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) ले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरेका थिए। विपक्षमा मतदान गर्ने सांसदको संख्या ८९ थियो। प्रचण्डलाई विश्वासको मत दिने दलमा नेपाली…

Read More

काठमाडौँ:सत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिती र संसदीय दलको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो। ‘सम्मानजनक हिसाब गरिएन, सरकारमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो तर, व्यवहारिक रुपमा मन्त्रीपरिषद् बिस्तार गरिहाल्नुभयो,’ रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘नीति तथा कार्यक्रम पनि बनिसकेको जानकारी पाएपछि हामीले प्रतिपक्ष बस्ने निर्णय गर्‍यौं।’ गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारको कारण पनि सरकारमा जाने बाटो बन्द भएको बैठकमा छलफल भएको थियो। तर, बैठकमा सांसद शिशिर खनालले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए।…

Read More

चितवन, २३ वैशाख (रासस) :विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उहाँको भनाइ छ । उहाँका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ । यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा एक, २०७३÷०७४ मा चार, २०७४÷०७५ मा छ,…

Read More

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो…

Read More

काठमाडौँ:२५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७…

Read More

काठमाडौँ: अहिले जे छ सानु भण्डारीकै डायरीमै छ। भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा ललितपुरका सानु भण्डारी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले अहिले उनै भण्डारीको डायरीमा लेखिएको प्रमाणको आधारमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई करिव ६० लाख रुपियाँ दिएको प्रमाण र उसले आफ्नो बयानमा प्रहरीलाई दिएका छन् । भण्डारीले रायमाझीलाई मामा भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले खुलाएको छ। २०७९ चैत १२ मा पक्राउ परेका भण्डारीको डायरीको रेकर्डको आधारमा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर अनुसन्धानमा तानिएका हुन् । रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड सानु भण्डारीको डायरीमा भेटिएको छ । सन्दीपलाई बुटवलबाट पक्राउ…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन सकारात्मक भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो । बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताए । सचिव शाहका अनुसार एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा छ । ‘रवि जीलाई सरकारमा ल्याउन छलफल भएको छ । एउटा पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने र अर्को पक्ष ल्याउनु पर्छ भन्ने छ,’ बैठकपछि शाहले भने, ‘उहाँहरु सरकारमा आउन खोज्नु भएको छ…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको भएको आरोप लगाएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए । ‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ उनले भने । बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने,…

Read More