Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । “राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्। ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो। विमानस्थलमा भण्डारीले आफ्नो स्वागतका लागि उपस्थित भएकाहरूलाई धन्यवाद दिए। गत फागुन ४ गते भण्डारीको घरमा ग्यास विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएकी आमा हरिकला भण्डारीको सोही दिन कीर्तिपुर अस्पतालमा निधन भएको थियो। सांसद भण्डारीलाई भने एयर एम्बुलेन्समार्फत चिकित्सकहरूको सल्लाहमा उपचारका लागि भारत लगिएको थियो।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोही अनुसार तयारी गरिरहेको बताउनुभयो । “कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । तपाईंहरूको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढङ्गले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। राष्ट्रपति पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको हो। राष्ट्रपति…

Read More

काठमाडौँ: नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १० करोड डलर अर्थात् १२ अर्ब ९१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका निमित्त विश्व बैंकले “नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम” मार्फत १० करोड डलर सहयोग गर्नेछ । १० करोड डलरमा ३८ लाख डलर अनुदान हुनेछ भने बाँकी ऋण रहेको छ। यो कार्यक्रम अन्तर्गत मूलतः कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, स्वास्थ्य बीमा सम्बन्धी जनचेतना फैलाउने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने स्वास्थ्य संयन्त्रको विकास गरिने छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्दा नेपाललाई उत्पादकत्व वृद्धि गर्न, स्वास्थ्यको अवस्था सुधार गर्न र आर्थिक वृद्धि…

Read More

काठमाडौँ: घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड.द्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी  गर्नेछ । भव्य र सभ्यरुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ । त्यसै गरी सभाले हकप्रद सेयर जारी…

Read More

काठमाडौँ: भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको बताइएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गर्ने ब्यक्ति तथा समूहलाई मुद्धा चलाइने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबिफीन) ले बैंक तथा वित्तीय संस्था विरुद्ध क्रियाकलाप गर्नेलाई मुद्धा चलाउने बताएको हो । ‘कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुरÞ्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज तिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्धा चलाउने तथा…

Read More

काठमाडौँ: अझै कम्तीमा ३ दिन देशभर वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसमविद् नगरकोटीका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। ‘आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ’, उनले भनिन्।

Read More