Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।
काठमाडौँ: काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबई जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।
काठमाडौं: अन्तत: दलहरुबीच संसदीय समितिको भागवण्डा मिलेको छ । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ । यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।
काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए । मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र…
काठमाडौँ:संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक संयुक्त रूपमा बसेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। संसदीय समितिको नेतृत्व बाँडफाँटमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन। बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतक उपस्थित छन्।
चितवन, ११ वैशाख (रासस) :चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गर्नुभएको छ । इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । –
बारा, ११ वैशाख (रासस) :बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले दिउँसो १२ः४० बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
लुम्बिनी, ११ वैशाख (रासस) :लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सक्नुभएन । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।
काठमाडौँ:एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ। मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२:३० बजेसम्न पनि टस हुन सकेन। खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ। समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ। चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ। ओमान र साउदीबीचको खेल बाँकी रहेको कारण नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालले…
काठमाडौँ: बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने भएको हो । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।