Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएकोप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था समावेश गरी राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाएकोप्रति चेम्बरको गम्भिर असहमति रहेको बताए । निजी क्षेत्रमा नियमन गर्ने निकायहरु हुँदाहुँदै अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा वेथिति बढ्ने र उद्योगी व्यवसायीहरु हतोत्साही हुने चेम्बरको ठहर छ । ‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै बैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ । विधेयकमा उल्लेखित व्यवस्थाले व्यवसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना…

Read More

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो । यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो । यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए । १७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए…

Read More

काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त रावत (सीके) ले बारा क्षेत्र नम्बर २ अन्तर्गतका ठाउँ ठाउँमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन्। खासगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव नै निर्वाचन आचारसंहिताविपरीत मतदान केन्द्रमै पसेको आरोप पनि उनले लगाएका छन्। ‘बारा २ को उपचुनावमा धाँधली भइरहेको छ। पचतरौताको बेलडारी बुथमा हाम्रा कार्यकर्तालाई जसपाका कार्यकर्ताले छिर्न दिएका छैनन्’, उनले भने, ‘देवतालको छिटकैया बुथमा पनि त्यस्तै छ। त्यहाँ इच्छाइएको व्यक्तिले अरुको मतदान गर्न पाउने भनिएको थियो।’ बारामा २ वटा मतपत्रसहित जसपाका नेता पक्राउ राउतले देवतालकै २ नम्बरमा मेयरको भाइले नै बुथ कब्जा गरेको आरोप लगाए।…

Read More

बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका क्रममा जनता समाजवादी पार्टीका एकजना जिल्लास्तरका नेता दुईवटा मतपत्रसहित पक्राउ परेका छन्। मतदान गरेर फर्किने क्रममा दुईवटा नमुना मतपत्र बोकेर हिँडेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले बताएका छन्। बाराको देवताल गाउयँपालिका वडा नम्बर ७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रमा प्रहरीले जसपाका जिल्ला सदस्य ६२ वर्षीय रामसागर यादवलाई प्रहरीले २ वटा नमूना मतपत्रसहित पक्राउ गरेको हो। यादव पक्राउ परेको पुष्टि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि गरेका छन्। पक्राउ परेका यादव जसपा बारा जिल्ला समन्वय समिति सदस्य रहेको खुलेको छ। प्रहरीका अनुसार ती नमूना…

Read More

एजेन्सी:वारिस पञ्जाब दे का प्रमुख अमृतपाल सिंहलाई पञ्जाब पुलिसले ३६ दिनपछि पक्राउ गरेको छ। उनलाई पञ्जाबको मोगा जिल्लास्थित रोडे गाउँको गुरुद्वाराबाट आइतवार बिहान ६ बजेर ४५ मिनेटमा पक्राउ गरिएको हो। त्यसपछि पञ्जाब पुलिसले उनलाई बठिन्डाको एयरफोर्स स्टेशन लगेको छ। जहाँबाट उनलाई अब असमको डिब्रुगढ जेलमा लगेर थुनिँदैछ। गुरुद्वारा ग्रन्थीका अनुसार अमृतपाल शनिवार राति रोडे गाउँ पुगेका थिए। बिहान गिरफ्तारीअघि उनले गुरुद्वाराको ग्रन्थीसँग पाँच ककार (केश, कृपाण, कंघा, कडा र कच्छा) मागेर पहिरिएपछि प्रवचनमार्फत स्थानीयलाई सम्बोधन गर। अमृतपालका निकटहरुले नै उनले आत्मसमर्पणको योजना बनाएको जानकारी पुलिसलाई दिएका थिए। पुलिसले भिड जम्मा भएर माहोल बिग्रिन नदिन सतर्कता अपनाएको थयो। तर सादा पोशाकमा…

Read More

काठमाडौँ: तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले चुनाव जित्ने दाबी गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले चुनावी माहोल राम्रो भएको बताउँदै चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘तनहुँका जनता लोकतन्त्रको पक्षमा भएकाले जित निश्चित छ। हिजो पनि जनताकै बीचमा थिएँ, अहिले पनि छु। भोलि पनि जनताबीचमै रहनेलाई जनताले पत्याउँछ्न्।’ संसद कानुन बनाउने थलो भएकाले मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ । ‘निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ । यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौँ। त्यसैले जनमत हाम्रो पक्षमा छौं,’ उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टीले…

Read More

काठमाडौँ: बारा -२ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो । उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएको जानकारी एसपी बोगटीले दिए । उनले भने,‘ चुनाव शान्तिपूर्ण रूपमा भएको छ ।…

Read More

काठमाडौँ: नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने प्रक्रियाका लागि तत्काल कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धी पक्षलाई निर्देशन दिएका हुन् । यसै सन्दर्भमा आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई डाकेर प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी…

Read More

चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र…

Read More

चितवन: चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको छ । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ । त्यसक्रममा एमालेका केही कार्यकर्ता पक्राउ समेत परेको हाम्रा प्रतिनिधि गणेश दुलालले जनाएका छन् ।

Read More